कोषको विधान

प्रवासी नेपाली कल्याणकारी कोष, कतार

Nepali Expatriates' Benevolent Fund - Qatar (NEBF-Q)

२०६२/2006

दोहा, कतार

 

विधान

 

प्रस्तावना

 

कतारमा कार्यरत प्रवासी नेपालीहरुको हक, हित, सुरक्षा एवं विभिन्न कारणबाट बिपत्तिमा परेका नेपालीहरुको मानवीय सहयोगका लागि प्रत्यक्ष वा परोक्ष रुपले सेवा पुर्याउने लक्ष्यले शाही नेपाली राजदूतावासका महामहिम राजदूतको संरक्षकत्वमा प्रवासी नेपाली कल्याणकारी कोषको स्थापना गरिएकोले, सोको सूचारु रुपले संचालनका निमित्त यो विधान निर्माण गरिएको

     

) प्रारम्भ

यो विधान शाही नेपाली राजदूतावासका महामहिम राजदूतबाट स्विकृत भएपछि लागु हुने

 

) कोषको नाम

यस कोषको  नाम "प्रवासी नेपाली कल्याणकारी कोष, कतार ", अंग्रेजीमा Nepali Expatriates' Benevolent Fund-Qatar संक्षेपमा NEBFQ रहने

 

) परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा "कोष" भन्नाले नेपाल अधिराज्यको संविधान तथा कतार राष्ट्रको संविधानसंग नबाझिने गरि कतारमा कार्यरत प्रवासी नेपालीहरुद्वारा सेवा भावले संचालित कल्याणकारी कोष जनाउने

त्यस्तै,

·        "विधान" भन्नाले  प्रवासी नेपाली कल्याणकारी कोष, कतारको मुल कानुनलाई जनाउने

·        "सदस्य" भन्नाले कोषका सदस्यहरुलाई जनाउने

·        "साधारण सभा" भन्नाले कोषका संगठित सदस्यहरुको भेलालाई जनाउने

·        "संचालक" भन्नाले संचालक समिति सदस्यहरुलाई जनाउने

·        "राजदूतावास" भन्नाले कतार स्थित शाही नेपाली राजदूतावासलाई जनाउने

·        "राजदूत" भन्नाले  कतार स्थित शाही नेपाली राजदूतावासका महामहिम राजदूतलाई जनाउने

·        "समिति" भन्नाले संचालक समितिलाई जनाउने       

 

) कोषको उद्धेश्य

·        शाही नेपाली राजदूतावासले कतारमा कार्यरत प्रवासी नेपालीहरुलाई प्रदान गर्ने सेवालाई सरल शुलभ बनाउन सहयोग पुर्याउने

·        बिभिन्न कारणबाट बिपत्तिमा परेका कतारमा कार्यरत प्रबासी नेपालीहरुलाई उद्धार गर्ने

·        बिभिन्न कारणबाट कतारमा मृत्यु भएका नेपालीहरुको आश्रित परिवारलाई सक्दो सहयोग पुर्याउने

·        बिभिन्न कारणबाट बिपत्तिमा परेका स्वदेश या बिदेश स्थित नेपालीहरुलाई सक्दो मानविय सहयोग पुर्याउने

 

) प्रतीक चिन्ह छाप

संचालक समितिले निर्धारण गरेबमोजिम हुने

 

) कोषको व्यवस्थापन   

 

कोषको आय श्रोत 

कोषको आय श्रोत निम्न प्रकारको हुने

·        सदस्यहरुद्घारा प्रदान गरिएको सदस्यता शुल्क तथा सहयोग रकम

·        नेपाल, कतार या विदेश स्थित अन्य व्यक्ति वा संस्थाद्वारा प्रदान गरिएको सहयोग रकम  

·        अन्य कुनैपनि स्रोतबाट प्राप्त रकम ।

 

) सदस्यता तथा मताधिकार

     यस कोषमा संलग्न हुन चाहने कुनै पनि ब्यक्तिले निम्न शर्त पुरा गरी सदस्यता लिन सक्ने सदस्य बन्नका लागि कुनै लैंगिक, बैचारीक, जातीय एवं क्षेत्रीय रुपमा भेदभाव हुने छैन

 

सदस्यता तीन प्रकारको रहने

 

·        साधारण सदस्यः वार्षिक १२ कतारी रियाल वा सो भन्दा बढी रकम एकमुष्ट रुपमा कोषमा बुझाएको, कतारमा कार्यरत नेपाली नागरिकलाई साधारण सदस्य मानिने छ । साधारण सदस्यको मताघिकार हुने छैन   

·        संगठित सदस्यः वार्षिक ३०० कतारी रियाल वा सो भन्दा बढी रकम एकमुष्ट रुपमा कोषमा बुझाएको, कतारमा कार्यरत नेपाली नागरिक लाई संगठित सदस्य मानिने संगठित सदस्यको मताघिकार हुने

·        मानार्थ सदस्यः कोषको हितलाई ध्यानमा राखि बिना शर्त विशेष सहयोग गर्ने स्वदेशि बा विदेशका नागरिकलाई संचालक समितिको बहुमतले मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । मानार्थ सदस्यको मताधिकार हुने छैन  

 

सदस्यता नवीकरण

 

सदस्यहरुको समयावधि प्रत्येक एक वर्षमा समाप्त हुनेछ म्याद समाप्त भएको लगतै माथि व्यवस्था भए अनुसारको शुल्क बुझाई सदस्यता नबिकरण गर्नु पर्ने यदि कुनै कारणवस सदस्यता नवीकरण नगराएमा सदस्यता स्वतः खारेज हुनेछ

 

) संचालक समितिको गठन काम, कर्तब्य तथा अधिकार

यस कोषको सञ्चालनार्थ तथा कोषको दीगो विकासको निमित्त महामहिम राजदूतको संरक्षकत्वमा बढिमा ११ सदस्य रहने गरी एक संचालक समिति गठन गरिनेछ

संरक्षक         महामहिम राजदूत शाही नेपाली राजदूतावास, कतार

सदस्य/पदेन     प्रथम/द्वितीय सचिव, शाही नेपाली राजदूतावास, कतार

सदस्य/पदेन     सहचारी, शाही नेपाली राजदूतावास, कतार

सदस्य/पदेन     गैह्र आवासीय नेपाली समाज, अन्तरराष्ट्रिय समन्वय समितिका कतार प्रतिनिधी

सदस्य/पदेन     गैह्र आवासीय नेपाली समाज, राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष

सदस्य/मनोनित  शाही नेपाली राजदूतावासद्वारा संगठित सदस्य मध्येबाट कोषमा बिशेष योगदान पुर्याउने ब्यक्तिहरु बढीमा तिन जना

सदस्य/निर्वाचित साधारण सभाको बहुमतद्वारा संगठित सदस्य मध्यबाट निर्वाचित व्यक्तिहरु तिन जना

 

संचालक समितिले संचालकहरुमध्यबाट एक जनालाई संचालक समितीको सदस्य सचिव चयन गर्ने

 

संचालक समितीको काम कर्तव्य अधिकार निम्न बमोजिम हुनेछ

 

·        कोषको ब्यवस्थापन गर्ने

·        कोषको लेखाजोखा अध्यावधिक गरी सार्वजनिक गर्ने

·        प्राथमिकताका आधारमा कोषको बाँडफाँड गर्ने

·        कोषको अभिबृध्दि गर्न बिभिन्न कार्यक्रमहरुको तर्जुमा गरि लागु गर्ने

 

संचालक समितिको बैठक

 

संचालक समितिको बैठक प्रत्यक महिनामा कम से कम एक पटक बस्ने छ । आवश्यक परेमा कुनै पनि समयमा वस्न सक्ने मिती, स्थान समय समितिका सदस्य सचिबले संरक्षकको अनुमतिबाट तोक्ने छ समितिको वहुमतले पारित निर्णय कार्यान्वयनका लागी सबैलाई मान्य हुनेछ । सदस्यहरुको मत विभाजन भई वरावर भएको खण्डमा संरक्षकको मत निर्णायक हुनेछ ।

 

संचालक समितिको बैठकमा संरक्षकबाट विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्न सकिने छ ।

 

संचालक समिति सदस्यको  पदावधि

·        पदेन सदस्यहरुको पदावधि सम्बन्धी पदमा वहाल रहेसम्म मात्र रहने छ ।

·        निर्वाचित तथा मनोनित सदस्यहरुको पदावधि निर्वाचित वा मनोनित भएको मितिले दुई वर्षको रहने छ ।

 

संचालक समिति सदस्यको  पदावधि समाप्त 

·        बिधान बिपरीत आचरण कोषलाई हानी पुर्याउने कार्य गरेको भनी साधारण सभाको दुई तिहाई वहुमतले ठहर गरेमा

·        सम्बन्धित निकायद्घारा मनोनयन फिर्ता लिएमा

·        राजिनामा दिई स्वीकृत भएमा

·        सदस्यता नबिकरण नगरेमा

·        मृत्यु भएमा वा मानसीक सन्तुलन ठिक नभएमा

·        आवश्यक अन्य योग्यता नपुगेमा

 

संचालक समिति सदस्यको  योग्यता

·        पदेन सदस्यको हकमा सम्बन्धित पदमा वहाल रहनुपर्ने

·        निर्वाचित तथा मनोनित सदस्यको हकमा आवश्यक शुल्क तिरी संस्थाको संगठित सदस्य हुनुपर्ने ।

·        संस्थामा रहि कामगर्न इच्छुक हुनुपर्ने

 

 

) साधारण सभा

 

कोषको सदस्यता प्राप्त गर्ने सबै व्यक्तिहर