हाम्रो बारेमा
प्रवासी नेपाली कल्याणकारी कोष कतार स्थित नेपाली दूतावास तथा कतारमा कार्यरत नेपाली जनसमुदायको संयुक्त प्रयासमा स्थापिक एक कोष हो । यसको स्थापना २०६२ साल माघ १ गते तद्अनुसार फेब्रुअरी १ २००६ मा भएको हो । कतारमा कार्यरत नेपालीहरुको हक हित सुरक्षा एवं विभिन्न कारणले विपत्तिमा परेका नेपालीहरुलाई मानविय तथा आर्थिक सहयोग जुटाउने अभिप्रायले यसको स्थापना गरीएको हो ।
कोषको संचालनको लागि एक विधानको व्यवस्था गरिएको छ । विधानमा भएको व्यवस्था अनुसार कोषको संरक्षकमा कतार स्थित नेपाली दूतावासका महामहिम राजदूत रहने व्यवस्था गरिएको छ भने कोषको संचालनको लागि बैंक खाता खोलीएको छ । खाता संचालन दूतावासबाट एक र नेपाली समुदायबाट एक जना गरी दुई जनाको संयुक्त हस्ताक्षरमा संचालन गर्ने व्यवस्था गरिएको छ ।
कोषको विकाशको लागि नेपाली जनसमुदाय तथा विश्वमा छरीएर रहेका सम्पूर्ण गैर आवासिय नेपालीहरु लगाएत कतारमा रहेका विभिन्न दाताहरुलाई अनुरोग गरिएको छ ।
कोषको विकाश तथा सम्बर्धनको लागि सम्पूर्ण शुभचिन्तक साथीहरुको सहयोगको अपेक्षा राखिएको छ ।